वि.स. २०६८ साल साउन २९ गते विधिवत रुपमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुर चितवनमा दर्ता भई संचालनमा आएको एक सर्वाधिक सफल र लोकप्रिय सहकारी संस्था हो– मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. । स्थानिय स्तरमा छरिएर रहेको पूँजीलाई संकलन गरि स्थानिय क्षेत्रमा नै परिचालन गरि हरेक व्यक्तिको आर्थिक तथा सामाजिक स्तरोन्नती र समुहमा बचत गर्ने बानीको विकास गर्नु हाम्रो सहकारी संस्थाको प्रमुख उद्देश्य हो । स्थापना कालको छोटो अवधिमा नै सामाजिक, आर्थिक तथा सास्कृतिक रुपान्तरणमा अग्रणी उदाहण प्रस्तुत गदै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।
नेपालको सहकारी आन्दोलनले करिव ७ दशकको इतिहासमा धेरै आरोह अवरोह पार गरेको छ । सामान्यतया सदस्यको आर्थिक, सामाजिक आवश्यकताहरु परिपूर्ति गर्ने मुख्य उद्देश्य लिएर खुलेका सहकारी संस्थाहरु करिब २९ हजारको हाराहारी छन् । नेपालको अर्थतन्त्रको मुख्य तिन खम्वा मध्येको एक महत्वपूर्ण खम्वाको रुपमा लिइएको सहकारी क्षेत्रले कुल वित्तीय क्षेत्रमा १७ प्रतिशत भन्दा बढीको योगदान पु¥याएको छ । ७५ हजार भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष र ७ लाख भन्दा बढी व्यक्तिहरुलाई अप्रत्यक्ष रोजगारी सहकारी क्षेत्रले सिर्जना गरेको छ । राष्ट्रिय तथ्याड्ढ विभागको सर्भेक्षण अनुसार कुल जनसंख्याको करिव ५४ प्रतिशत जनसंख्यामा सहकारी क्षेत्रको पहुँच रहेको छ । शहर केन्द्रित बैंक तथा वित्तीय संस्थाबाट कारोवार गर्न ग्रामिण समुदायलाई असहज भैरहेको अवस्थामा सहकारीले मलमपट्टीको काम गरेको छ ।
सानो पूँजी र सिमित सदस्यबाट संचालित मार्गदर्शन साकोस सहकारी नीति, नियम र सिद्धान्तलाई पालना गर्दै अगाडि बढिरहेकोे छ । सुरक्षित बचत, सरल कर्जा र रेमिट्यान्स सेवाको एक मात्र विकल्पको रुपमा आज समाजमा मार्गदर्शनलाई चिन्न थालिएको छ । संस्थाले प्रतिस्प्रर्धि बजारको शुष्म विश्लेषण गरी प्रतिस्प्रर्धि व्याजदरमा विभिन्न शीर्षकमा निक्षेप संकलन गरि सरल र सहज रुपमा विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको छ । अहिलेको समय आधुनिक प्रविधिमैत्री छ । प्रविधिलाई उच्च प्राथमिकताका साथ सदस्यमैत्री रुपमा निशुल्क संचालन गरिएको छ । आगामी दिनमासमेत सदस्यमैत्री वित्तीय सेवा र प्रविधिलाई उच्च प्राथमिकतासहित योजनाहरु तय गर्ने प्रतिवद्धता गर्दछु ।
जय मार्गदर्शन । जय सहकारी ।।

Chief Executive Officer Contact No : 9855096111