Our Profile

नेपालको सामाजिक, सांस्कृतिक र परम्परागत प्रचलनमा पर्णतया सहकारीताको आदर्श अनुकूल रहेको छ । वर्तमान अवस्थामा पनि परम्परागतरुपमा चली आएका प्रचलनहरु सहकारी प्रीय छन् । औपचारिक तथा कानूनी रुपमा वि.सं. २०१० सालदेखि सहकारीको सुरुआत भएको हो । हाम्रा छिमेकी देशहरुमा सहकारी आन्दोलनको इतिहास १०० वर्षभन्दा बढी रहेको छ । नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते स्थापित “बखान ऋण सहकारी संस्था” लाई जनताको स्तरमा नेपालको पहिलो सहकारी संस्था मानिएको छ । राज्यकोतर्फबाट वि.सं. २०१० सालमा सहकारी विभाग स्थापना गरी सहकारी क्षेत्रमा पहल शुरु भएको पाईन्छ ।

वि.सं. २०१६ सालमा पहिलो सहकारी ऐन संसदबाट पारित गरियो । सहकारी ऐन २०१६ लाई संशोधन गरी वि.सं. २०१८ सालमा सहकारी संस्था नियम जारी गरियो । गैर कृषि क्षेत्रको विकासको लागि साझा केन्द्रीय कार्यालयको स्थापना गरियो । वि.सं. २०१९ सालमा सहकारी संघ संस्थाका संचालक, सदस्य र कर्मचारीको लागि तालिम प्रदान गर्ने उद्देश्यले सहकारी प्रशिक्षण केन्द्रको स्थापना गरियो । देशभर स्थापना भएका सहकारी संघ संस्थाहरुलाई ऋण उपलव्ध गराउने उद्देश्यले वि.सं. २०१९ सालमा सहकारी बैंक ऐन जारी गरी वि.सं. २०२० सालमा कार्यान्वयनमा ल्याईयो । सो बैंकलाई वि.सं. २०२४ सालमा कृषि विकास बैंकमा परिणत गरियो । २०२६ सालमा साना किसान साझा संस्था संगठन र संचालनको प्रारम्भ गरियो । वि.सं. २०४१ सालमा साझा संस्था ऐन लागु गरियो । वि.सं. २०४६ सालमा पञ्चायती व्यवस्थालाई जनआन्दोलनको माध्यमबाट हटाएर बहुदलीय व्यवस्थाको सुरुवातसंगै मुलुकमा अपनाईएको सहकारी आन्दोलनको इतिहासको पुरानो अध्याय समाप्त भयो ।

वि.सं. २०४७ सालमा साझा अभियानलाई सुदृढ र प्रभावकारी बनाई आवश्यक ठोस रायसहितको प्रतिवेदन पेश गर्न समिति गठन भई सो समितिले पेश गरेको प्रतिवेदनपछि वि.सं. २०४८ सालमा साझा केन्द्रीय कार्यालय विघटन गरी राष्ट्रिय सहकारी विकास बोर्डको गठन भयो । वि.सं. २०४८ सालमा सहकारी ऐन २०४८ संसदले पास गर्यो । यो ऐन जारी हुनुभन्दा अघि देशभरमा ८३० वटा साझा संघ संस्थाहरु क्रियाशील थिए । यी संघ संस्थालाई सहकारी ऐन २०४८ अनुसार रुपान्तरण गर्ने प्रकृयाको आरम्भ गरियो । वि.सं. २०४९ सालमा सहकारी नियमावली २०४९ जारी गरियो । राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९ जारी भयो र सरकार तथा सहकारी आन्दोलनको समन्वयात्मक कामका लागि राष्ट्रिय स्तरमा यो बोर्डले कार्य गरेको छ ।

मुलुकमा संघियताको शुरुआत पछि वर्तमान अवस्थामा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार नेपालका सहकारी संघसंस्थाहरुको संचालन र नियमनको व्यवस्था हुनुको साथसाथै स्थानिय निकायले समेत सहकारी नियमनको निमित्त विभिन्न किसिमको कानून तथा निर्देशिकाहरु बनाई सोही अनुरुप सहकारी सघ संस्थाहरुको दर्ता, संचालन र नियमनको व्यवस्था भएको छ ।

नेपालको सहकारी आन्दोलनले करीव ७ दशक पुरानो इतिहासमा धेरै आरोह अवरोह पार गरेको छ । सामान्यतया सदस्यको आर्थिक, सामाजिक एवम् सास्कृतिक आवश्यकताहरु परिपूर्ति गर्ने मुख्य उद्देश्य लिएर खुलेका सहकारी संस्थाहरु करिब २९ हजारको हाराहारी छन् । नेपालको अर्थतन्त्रको मुख्य तिन खम्वा मध्येको एक महत्वपूर्ण खम्वाको रुपमा लिइएको सहकारी क्षेत्रले कुल वित्तीय क्षेत्रमा १७ प्रतिशत भन्दा बढीको यद्धोगदान पु¥याएको छ । ७५ हजार भन्दा बढी मानिसहरुलाई प्रत्यक्ष र ७ लाख भन्दा बढी मानिसहरुलाई अप्रत्यक्ष रोजगारी सहकारी क्षेत्रले सिर्जना गरेको छ । राष्ट्रिय तथ्याड्ढ विभागको सर्भेक्षण अनुसार कुल जनसंख्याको करिव ५४ प्रतिशत जनताको सहकारी क्षेत्रमा पहुँच रहेको छ । शहर केन्द्रित बैंक तथा वित्तीय संस्थाबाट कारोवार गर्न ग्रामिण समुदायलाई असहज भैरहेको अवस्थामा सहकारीले मलमपट्टीको काम गरेको छ । सानो पूँजी र सिमित सदस्यबाट संचालित मार्गदर्शन साकोस सहकारी नीति, नियम र सिद्धान्तलाई पालना गर्दै अगाडी बढिरहेको छ । सुरक्षित बचत, सरल कर्जा र रेमिट्यान्स सेवाको एक मात्र विकल्पको रुपमा आज समाजमा मार्गदर्शनलाई चिन्न थालिएको छ । संस्थाले विभिन्न शीर्षकमा निक्षेप संकलन गरि सरल र सहज रुपमा विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्दै आएको । हाल संस्थाले व्यवसाय संरक्षण तथा प्रवद्र्घनको लागि व्यवसायिक कर्जा, कृषि क्षेत्र र पशुपालन विकासको लागि कृषि कर्जा, हल्का सवारी साधन खरिदको लागि हायर पर्चेज कर्जा, घरायसी कामकाज, शैक्षिक विकास र औषधोपचारका लागि घरायसी कर्जा एवम् वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई लक्षित गरी बैदेशिक रोजगार कर्जा आदि सहुलियत व्याजदरमा शेयर सदस्यज्यूहरुलाई उपलव्ध गराउँदै आईरहेको छ ।

आजको युग प्रविधिको युग हो । संस्था आधुनिक प्रविधिमैत्री छ । संस्थाले सदस्य सेवाको लागि मोवाइल बैंकिङ्ग, ATM र QR सेवा निशुल्क संचालन गरिरहेको छ । सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई अनुपालना गर्दै प्रधान कार्यालयसहित ४ ओटा केन्द्रहरुमार्फत सदस्यहरुलाई छिटो, छरितो सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा आधुनिक वित्तीय सेवासहित सदस्य र समुदायकेन्द्रीत उत्पादनमुखि योजनाहरु रणनैतिकरुपमा तय गर्दै अव्वल सहकारीको इतिहास कोर्न सफल हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.