admin

7 Posts
१३औं स्थापना दिवसमा नि: शुल्क आँखा शिविर सम्पन्न !

१३औं स्थापना दिवसमा नि: शुल्क आँखा शिविर सम्पन्न !

चितवन, भरतपुर-१६, मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं स्थापना दिवसको अवसरमा भरतपुर-१६, चितवनमा नि: शुल्क आँखा शिविरको आयोजना गरेको छ। शिविरमा कुल ४२९ जना महानुभावहरु सहभागी भएका थिए ! सस्थाका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षता सम्पन्न उक्त शिविरमा सस्था स्थापना भएको १३ वर्षको अवधिमा सस्थाले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै सामुदायिक सेवामा संस्थाको सक्रियता र यसलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो !

प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं. १६ का जनप्रतिनिधि सारिका मजाकोटीले सस्थाले गरेको सामाजिक कार्यहरूको प्रशंसा गर्दै, आँखा शिविरजस्ता स्वास्थ्य सेवाहरूले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याएकोमा खुसी व्यक्त गर्नुभयो। उहाले संस्थाको सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाउन स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ! शिविरमा सस्थाका सस्थापक अध्यक्ष प्रेमबहादुर बोगटी, सल्लाहकार बद्रीप्रसाद चापागाई, लेखा सुपरिवेक्षण समितिका संयोजक टिकाकुमारी पौडेल, चितवन आखा अस्पतालका पव्लिक रिलेशन अफिसर असिम हमालको उपस्थिति थियो !

संस्थाका उपाध्यक्ष डोलबहादुर गुरुङले उपस्थित सबैलाई शिविरमा स्वागत गर्दै आगामी दिनमा सस्थाले गर्ने सामाजिक सेवाका योजनाहरु जानकारी दिनुभयो। अस्पताल रोड र बाईपास रोडमा रहेको चितवन आखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न आखा शिविर कार्यक्रम सन्चालन सचिव गनबहादुर श्रेष्ठले गर्नु भएको थियो !
जिल्लामा फरकफनसहित सन्चालनमा रहेको सस्थाले सदस्यहरुको आर्थिक विकास र सम्बृद्दीको लागि सुरक्षित वित्तीय परिचालनसहित सामाजिक, शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा आफ्नो महत्वपुर्ण उत्तरदायित्व निर्वाह गर्दै आएको सस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले जानकारी दिनुभयो !

सदस्य सेवाकेन्द्र नारायणगढको तेस्रो एकाई बैठक सम्पन्न ।

सदस्य सेवाकेन्द्र नारायणगढको तेस्रो एकाई बैठक सम्पन्न ।

सस्थाको ११औ वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवाकेन्द्र नारायणगढको तेस्रो एकाई बैठक सस्थाका अध्यक्ष श्री कमलबहादुर थापाज्युको अध्यक्षता र भरतपुर महानगरपालिका वडा नं. १ का जनप्रतिनिधि श्री राम माया पियाज्युको प्रमुख आतिथ्यतामा उल्लेख्य शेयर सदस्यको उपस्थितिमा सम्पन्न !

CMC मा उपचार गराउदा २०% सम्म छुट पाउने

CMC मा उपचार गराउदा २०% सम्म छुट पाउने

सदस्यले CMC मा उपचार गराउदा २०% सम्म छुट पाउने

मार्गदर्शन साकोस र चितवन मेडिकल कलेज (CMC) विच स्वास्थ्य छुट सम्झौतामा हस्ताक्षर भएको छ ! सस्थाका शेयर सदस्यज्युहरुले चितवन मेडिकल कलेज(CMC) मा उपचार गराउदा उपचारमा २०% र औषधिमा ७% छुट पाउने गरी सम्झौता गरिएको छ !

 

 

 

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.