Year: 2026

मार्गदर्शन साकोसको १५औं वार्षिक साधारण सभा सम्पन्न: आफ्नै भवन निर्माण गर्ने प्रस्ताव पारित !!

मंगलपुर, चितवन
असोज १७, शनिबार
मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. (मार्गदर्शन साकोस) को १५औं वार्षिक साधारण सभा चितवनको मंगलपुरस्थीत मंगलपुर गार्डेन व्याङ्क्वेटमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री डोलबहादुर गुरुङको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष डोलबहादुर गुरुङले आर्थिक वर्ष २०८२/०८३ को प्रगति समीक्षा प्रतिवेदन पेश गर्नुभएको थियो। त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक सूर्यबहादुर न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ को लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने बाह्य लेखा परीक्षक चार्टर्ड एकाउन्टेन्ट सृजित बराल क्षेत्रीले आर्थिक वर्ष २०८२/०८३ को बाह्य लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो।संस्थाका प्रमुख कार्यकारी अधिकृत (CEO) दीपक गौतमले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, ६२ करोडको अनुमानित वासलात र ५.५ करोडको प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत गरिएका सम्पूर्ण प्रतिवेदनहरूमाथि साधारण सभामा गहन छलफल भई सर्वसम्मत रूपमा पारित गरिएको छ। साधारण सभाले ८% (करसहित) शेयर लाभांश, बचत कारोवारको लागि २.६०% र ऋण कारोवारको लागि १.९३% संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई कारोवार प्रोत्साहन बोनस दिने निर्णय गरेको छ ! संस्थाको सेवालाई थप प्रभावकारी बनाउन सहकारीको आफ्नै भवन निर्माण गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको छ।
सधारण सभामा शेयर सदस्य सम्मान विधातर्फ १८ जना शेयर सदस्य, बाल सदस्य बचत विधातर्फ ८ जना बाल सदस्य र शेयर सदस्यका छोराछोरी मध्ये एस.ई.ई २०८२ मा उत्कृष्ट अंक प्राप्त गर्ने ९ जनालाई सम्मान गरेको थियो ! व्यवसाय विस्तार, कार्यसम्पादन मुल्याङ्क, सदस्य सम्बन्ध, कार्यालय वातावरण र नीति निर्देशन अनुपालनाका आधारमा सदस्य सेवाकेन्द्र चनौलीमा कार्यरत कर्मचारी अनिता महर्जनलाई वर्ष २०८२/०८३ को उत्कृष्ट कर्मचारीबाट सम्मान गरेको थियो !
साधारण सभामा सस्थापक अध्यक्ष प्रेमबहादुर बोगटी, निवर्तमान लेखा सुपरिवेक्षण समिति संयोजक टिकाकुमारी पौडेल, सेवाकेन्द्र चोकबजार संचालन कार्यदल संयोजक नवराज सुबेदी, सेवाकेन्द्र चनौली संचालन कार्यदल संयोजक पुरुषोत्तमकमल ढकालको उपस्थिति रहेको थियो !
उपस्थित सम्पुर्ण शेयर सदस्यज्यूहरुलाई सस्थाका उपाध्यक्ष गनबहादुर श्रेष्ठले स्वागत गर्नु भएको १५औं वार्षिक साधारण सभाको संचालन संस्थाका सचिव बिष्णुबहादुर श्रेष्ठले गर्नु भएको थियो !

१५औँ स्थापना दिवस : देवघाटधामस्थित रामजानकी बालिका आश्रममा स्नेही भोजन कार्यक्रम सम्पन्न

देवघाट, चितवन ।

मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. (मार्गदर्शन साकोस) ले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व एवम् मानव सेवा अन्तर्गत विशेष स्नेही भोजन कार्यक्रम सम्पन्न गरेको छ। पवित्र देवभूमि, तपोभूमि एवम् पावनभूमि देवघाटधामस्थित रामजानकी बालिका आश्रममा आयोजित एक समारोहका बीच संस्थाले त्यहाँ आश्रित बालिकाहरूलाई स्नेही भोजन गराएर आफ्नो स्थापना दिवस मनाएको हो।

संस्थाका अध्यक्ष डोलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामजानकी बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डन माताजी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सावित्री टण्डन माताजीले स्थापना दिवस जस्तो खुसीको क्षणमा आश्रमका असहाय बालिकाहरूलाई सम्झेर स्नेहपूर्ण भोजन गराएकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा संस्थाका उपाध्यक्ष गनबहादुर श्रेष्ठले कार्यक्रम आयोजनाको उद्देश्य र सामाजिक उत्तरदायित्वमा मार्गदर्शन साकोसले खेल्दै आएको भूमिकामाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा संस्थाका सञ्चालक समिति कोषाध्यक्ष गीता न्यौपाने, सदस्यहरू पूर्णकुमारी श्रेष्ठ, विक्रम पराजुली र झलनाथ चापागाईको उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम, व्यवस्थापनका चुडामणि गौतम र सुमन पुरीकोसमेत सक्रिय सहभागिता रहेको थियो।

समारोहमा रामजानकी बालिका आश्रमकी व्यवस्थापक उमामहेश्वरी देवीजीले आश्रममा हाल ३७ जना बालिकाहरू आश्रित रहेको जानकारी दिँदै सहकारीले देखाएको यो आत्मीयता र सहयोगले बालिकाहरूमा ठूलो उत्साह थपेको बताउनुभयो। संस्थाका सञ्चालक तथा व्यवस्थापनका प्रमुख उपस्थित भई आश्रमका बालिकाहरूलाई आदर र मायाका साथ भोजन पस्किएर स्नेही भोजन गराएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णुबहादुर श्रेष्ठले गर्नुभएको थियो। आफ्नो १५औं स्थापना दिवसमा सामाजिक उत्तरदायित्व र मानविय सेवाको पुण्य कार्यमा योगदान पुर्‍याउने उद्देश्यले पवित्र तीर्थस्थल देवघाटधाममा स्नेही भोजन कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.