Year: 2026

१५औँ स्थापना दिवस : देवघाटधामस्थित रामजानकी बालिका आश्रममा स्नेही भोजन कार्यक्रम सम्पन्न

देवघाट, चितवन ।

मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि. (मार्गदर्शन साकोस) ले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व एवम् मानव सेवा अन्तर्गत विशेष स्नेही भोजन कार्यक्रम सम्पन्न गरेको छ। पवित्र देवभूमि, तपोभूमि एवम् पावनभूमि देवघाटधामस्थित रामजानकी बालिका आश्रममा आयोजित एक समारोहका बीच संस्थाले त्यहाँ आश्रित बालिकाहरूलाई स्नेही भोजन गराएर आफ्नो स्थापना दिवस मनाएको हो।

संस्थाका अध्यक्ष डोलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामजानकी बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डन माताजी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सावित्री टण्डन माताजीले स्थापना दिवस जस्तो खुसीको क्षणमा आश्रमका असहाय बालिकाहरूलाई सम्झेर स्नेहपूर्ण भोजन गराएकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा संस्थाका उपाध्यक्ष गनबहादुर श्रेष्ठले कार्यक्रम आयोजनाको उद्देश्य र सामाजिक उत्तरदायित्वमा मार्गदर्शन साकोसले खेल्दै आएको भूमिकामाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा संस्थाका सञ्चालक समिति कोषाध्यक्ष गीता न्यौपाने, सदस्यहरू पूर्णकुमारी श्रेष्ठ, विक्रम पराजुली र झलनाथ चापागाईको उपस्थिति रहेको थियो। त्यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतम, व्यवस्थापनका चुडामणि गौतम र सुमन पुरीकोसमेत सक्रिय सहभागिता रहेको थियो।

समारोहमा रामजानकी बालिका आश्रमकी व्यवस्थापक उमामहेश्वरी देवीजीले आश्रममा हाल ३७ जना बालिकाहरू आश्रित रहेको जानकारी दिँदै सहकारीले देखाएको यो आत्मीयता र सहयोगले बालिकाहरूमा ठूलो उत्साह थपेको बताउनुभयो। संस्थाका सञ्चालक तथा व्यवस्थापनका प्रमुख उपस्थित भई आश्रमका बालिकाहरूलाई आदर र मायाका साथ भोजन पस्किएर स्नेही भोजन गराएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णुबहादुर श्रेष्ठले गर्नुभएको थियो। आफ्नो १५औं स्थापना दिवसमा सामाजिक उत्तरदायित्व र मानविय सेवाको पुण्य कार्यमा योगदान पुर्‍याउने उद्देश्यले पवित्र तीर्थस्थल देवघाटधाममा स्नेही भोजन कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.