समान उद्देश्य भएका व्यक्तिहरु स्वईच्छाले आपसमा एकजुट भएर बनेको संगठित संस्था हो सहकारी । सहकारीमा समान उद्देश्य पुरा गर्न सहकार्यता हुन्छ । फलस्वरुप व्यक्तिहरुको आर्थिक, सामाजिक एवम् सास्कृतिक ईच्छा र आकांक्ष सहज पुरा हुनेगर्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा यसको निकै महत्व छ । सन १८४४ मा वेलायतको रोजडेल शहरबाट सुरु भएको आधुनिक सहकारी वि.सं. २०१० सालमा सहकारी विभागको स्थापनासंगै २०१३ सालबाट नेपालमा विधिवत सहकारीको सुरुवात भएको हो । झण्डै ७ दशक लामो सहकारीको विकासक्रममा सहकारीको संख्यात्मक विकास छ तर गुणात्मक विकास हुन हुन सकेको अवस्था छैन ।
वि.सं. २०६८ सालमा स्थापित मार्गदर्शन सहकारीमार्फत हामीले सदस्यहरुलाई गुणात्मक सेवा प्रदान गर्दै आइरहेको छौं । सुशासन, पारदर्शिता र जवाफदेहिता संस्थाको मुलमन्त्र हो । संस्थाले स्थापनाको छोटो अवधिमा वित्तीय क्षेत्रमा आफ्नो फरक पहिचानसहित करिव आधा अर्व पूँजी यस क्षेत्रमा परिचालन गर्न सफल भएको छ । आजको युग प्रविधिको युग हो । संस्था आधुनिक प्रविधिमैत्री छ । संस्थाले सदस्य सेवाको लागि मोवाइल बैंकिङ्ग, ATM र QR सेवा नि:शुल्क संचालन गरिरहेको छ । सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई अनुपालना गर्दै प्रधान कार्यालयसहित ४ ओटा केन्द्रहरुमार्फत सदस्यहरुलाई छिटो, छरितो सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा आधुनिक वित्तीय सेवासहित सदस्य र समुदायकेन्द्रीत उत्पादनमुखि योजनाहरु रणनैतिक रुपमा तय गर्दै अव्वल सहकारीको इतिहास कोर्ने प्रतिवद्धता गर्दछु ।
जय मार्गदर्शन । जय सहकारी ।।